संगालोखबर संवाददाता

धनकुटा, ८ भदौ । धनकुटामा बिहिबार हर्सोउल्लासपूर्वक महिलाहरुले तीज पर्व मनाएका छन ।

तीजको अवसरमा जिल्ला सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, जीतपुर लगायत स्थानमा तीज बिशेष बिभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement
धनकुटाको भीमसेनथानमा आयोजित कार्यक्रममा तीज गीतमा सामुहिक नृत्यु गर्दे महिलाहरु । तस्वीर: संगालोखबर

तीजको अवसरमा धनकुटा सदरमुकामको भीमसेनथान, वीचबजार, हुलाकटोल, कागते लगायत स्थानमा तीज विशेष नाचगान कार्यक्रम गरिएको छ ।

कागतेमा आयोजित तीज विशेष कार्यक्रममा नृत्य गर्दै महिलाहरु ।

भीमसेनथानमा रेडियो मकालु, धनकुटा महिला बचत तथा ऋण सहकारी सस्था, बौदिक बिकास समाज र सल्भ नेपालले संयुक्त रुपमा महिलाहरुवीच खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

भीमसेनथानमा भएको तीज बिशेष कार्यक्रमको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement