रबिन कटेल

विराटनगर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस नेता डा.सुनिल शर्माले चुनाव जितेर सांसद बनेपछि राज्यको तर्फबाट पाउँने तलब सुविधा नलिने घोषणा गरेका छन् । चुनावी अभियानमा जुटेका डा.शर्माले निर्वाचन क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

Advertisement

तलब नखाई निःशुल्क जनताको सेवामा समर्पित हुने डा.शर्माले बताए । ‘सांसद भएबापत संसदीय कोषबाट आउने तलब मुलुकभरका १६५ मध्ये कति सांसदले खादैनन् मलाई थाहा छैन, तर म यो तलब लिन्न,’ डा.शर्माले भने, ‘म जनताको सेवामा निःशुल्क रुपमा समर्पित हुन चाहन्छु ।’ यसअघि पनि आफ्नो तर्फबाट सकेसम्म जनताको सेवा गरेको भन्दै डा.शर्माले जनप्रतिनिधि बनेपछि पनि सेवा सुविधा नलिई निःशुल्क रूपमै जनताको सेवामा लाग्ने बताए ।

डा.शर्माले कुनैपनि हालतमा घुस नलिने घोषणा पनि गरिसकेका छन् । दुख गरेर जनताले तिरेको करबाट उठेको पैसा घुस खानु भनेको आफ्नी जन्मदिने आमाको रगत खानु सरह हुने भन्दै डा.शर्माले आफूले कुनैपनि हालतमा घुस नलिने दावी गरेका हुन् ।

‘तपाईहरुले दुःख गरेर कमाएर कर तिरेर राज्यको ढिकुटीमा जम्मा गरेको पैसा म कुनैपनि हालतमा घुस खाने छैन,’ भगवानको कसम खाँदै डा.शर्माले भने, ‘यो घुस खानु भनेको मलाई जन्म दिने मेरी आमाको रगत खानु सरह हो, ढुक्क हुनुहोस् म निस्वार्थ तपाईँहरूको सेवा गर्छु ।’

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement