रबिन कटेल

धनकुटा । सडक ढाक्ने गरी ट्रक तेर्सिदा धनकुटाको हिले–पाख्रीवास सडक खण्ड पाँच घण्टा अवरुद्ध भएको छ । पुल बनाउँन प्रयोग गरिने मेसिन बोकेर सुनवालुवाबाट हिलेतर्फ आउँदै आउँदै गरेको ना ७ ख ६५०९ नम्बको ट्रक पाख्रीवास नगरपालिका–३ स्थित मुगा खोला नजिक सडकमा तेर्सिदा सवारी आवत–जावत अवरुद्ध भएको हो ।

Advertisement

गएराती करिब २ बजे ट्रक उकालो सडकमा अगाडि बढ्न नसकी पछाडि सरेर तेर्सिएको हो । ट्रकले सडक ढाक्दा बिहान करिब ७ बजेसम्म सवारी आवतजावत अवरुद्ध भएको थियो ।

जेसीबी लगाएर नजिकैबाट सानो बाटो बनाएर केही समय एकतर्फी सवारी सञ्चालन गरियो । अहिले ट्रक हटाएर दोहोरो सवारी सुचारु गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement