संगालोखबर संवाददाता

धनकुटा, २६ साउन । धनकुटामा बिहिबार बिभिन्न कार्यक्रम गरेर २३ औं विश्व आदिवासी दिवस मनाईएको छ । आदिवासी दिवस बुधबार परेको भएपनि रोपाईजात्राका कारण बिहिबार कार्यक्रम गरिएको जनजाति महासंघले जनाएको छ ।

दिवसको अवसरमा धनकुटा बजारमा साँस्कृतिक ¥याली र सम्मान कार्यक्रम गरिएको हो ।

Advertisement

बिभिन्न जातजातिको भेषभुषामा झाकीसहित मदनचौकबाट निश्किएको ¥यालीले हुलाकटोल, वीचबजार, भीमनारायण चौक, तल्लोकोप्चे, माथ्लोकोप्चे लगायत क्षेत्रको परिक्रमा गरेको थियो ।

आदिवासी जनजाति महासंघ धनकुटाका पूर्व अध्यक्ष एवं धनकुटा नगरपालिकाका नव निर्वाचित मेयर चिन्तन तामाङ र पूर्व सल्लाहकार एवं उच्च अदालत पाटनका न्यायधिस तेजनारायण सिंह राईलाई सम्मान गरिएको जनजाति महासंघले जनाएको छ ।

धनकुटामा बिहिबार निश्किएको ¥यालीका तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement