संगालोखबर संवाददाता

धनकुटा, २५ साउन । धनकुटामा पनि बुधबार रोपाईजात्रा पर्व मनाईएको छ । जिल्ला सदरमुकाममा नेवार समुदायले हर्सोउल्लासपूर्वक यो पर्व मनाएका हुन ।

रोपाईजात्रामा महिलाले परुषको पोषाक र पुरुषले महिलाको पोषाक लगाएर निश्किएका थिए ।  अनुहार नचिनिने गरी बिभिन्न रंग दलेर नेवार समुदायका बालबालिका देखि युवा युवतीले बजारका बिभिन्न भागको परिक्रमा गरेका हुन ।

Advertisement

गोरु जोतेको र धान रोपेको अभिनय गर्दै रोपाई जात्रा मनाईएको हो । रोपाईजात्रा हेर्नका लागि बजारक्षेत्रका मानिसहरु सडकमा निश्किएका थिए । हरेक बर्ष गाईजात्राको भोलीपल्ट रोपाईजात्रा मनाउँने गरिन्छ ।

धनकुटामा भएको रोपाईजात्राको भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement