रबिन कटेल

मोरङ । मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट अबैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय मुन्ना मल्लाह छन् ।

Advertisement

अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको टोलीले नेपालबाट लुकाएर भारततर्फ लैजादै गरेको अवस्थामा १४ किलो गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मुल्लाहको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement