संगालोखबर संवाददाता

धनकुटा, २१ साउन । धनकुटा नगरपालिका–६ स्थित फोक्लेण्डटापु टोलबस्ती संगठनको भेलाले भेषराज कटेलको अध्यक्षतामा १३ सदस्यीय टोलबस्ती संगठन निर्माण गरेको छ ।

टोल बस्ती संगठनको उपाध्यक्षमा पञ्चमाया लिम्बु, सचिवमा सन्तवीर लामा, सहसचिवमा गौमान राई र कोषाध्यक्षमा सकुन्तला लिम्बु चयन भएका छन ।

Advertisement
फोकल्याण्डटापु टोलबस्तीका नव निर्वाचित अध्यक्ष भेषराज कटेल ।

त्यस्तैगरी सदस्यहरुमा कुमारी लिम्बु, सतन राई, स्यामकुमारी राई, इन्द्रमाया लिम्बु, काजी राई, सेरबहादुर भण्डारी, बालकुमारी राई र हिरा भुजेल चयन भएका छन ।

कार्यक्रमका अवसरमा धनकुटा नगर कार्यपालिकाका सदस्य सर्मिता राईले नव गठित टिमलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेकी थिईन् ।

धनकुटा नगरपालिका–६ स्थित फोक्लेण्डटापु टोलबस्ती । तस्वीर: संगालोखबर

टोल बस्तीको नयाँ समितिले स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरी टोलबस्तीको बिकासका लाग्ने नव निर्वाचित समिति अध्यक्ष भेषराज कटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement