संगालोखबर संवाददाता

एजेन्सी, ९ कार्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुश सिनियरले एक अभिनेत्रीको तर्फबाट उनीमाथि लगाइएको यौन हिंसाको आरोपपछि माफी मागेका छन् ।

Advertisement

अभिनेत्री हिथर लिंडका अनुसार ९३ वर्षका पूर्व राष्ट्रपति जर्ज बुश सिनियरले आफ्नो ह्विलचेयरमा बसीबसी ‘मलाई पछाडिबाट छोए’ र फोटो खिच्ने क्रममा ‘अश्लिल ठट्टा’ गरे ।

हिथरले उक्त आरोप जर्ज बुश सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा लगाएकी थिइन् । यद्यपी, यो पोष्टलाई पछि डिलिट गरिएको थियो ।

अर्कोतर्फ जर्ज बुश सिनियरका एक प्रवक्ता भन्छन्, ‘राष्ट्रपति बुश कसैलाई पनि जानीजानी समस्यामा पार्दैनन् र यदि उनको ठट्टा गर्ने कोसिसले कोही आहत भएका छन् भने यसका लागि पूरा गम्भीरताका साथ माफी माग्छन् ।’

जर्ज बुश सिनियर सन् १९८९ देखि १९९३ सम्म अमेरिकाका राष्ट्रपति रहे । उनका छोरा जर्ज डब्ल्यू बुश पनि सन् २००१ देखि २००९ सम्म अमेरिकाका राष्ट्रपतिको पदमा आसिन थिए ।

जर्ज बुश सिनियर पार्किन्सन रोगबाट पीडित छन् ।

यौन उत्पिडनको कथित घटना एक टेलिभिजन कार्यक्रमका लागि भएको थियो जसमा हिथल लिंड पनि उपस्थित थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement