संगालोखबर संवाददाता

धनकुटा, २८ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धरानबाट किराना पसलको सामान लिएर भोजपुर जाँदै गरेको को.२ त.२८३९ नम्बरको ट्याक्टर दिउँसो करिव १२ बजे सडकमा पल्टिंदा चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुँनेमा ट्याक्टर चालक ईटहरी उप–महानगरपालिका–१८ का २३ बर्षीय सुरज वि.क. र सह–चालक भोजपुर सडानन्द नगरपालिका–१ का २२ बर्षीय निशान भुजेल छन । मृतक चालक र सह–चालकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

Advertisement

ओरालो सडकमा अनियन्त्रित भई ट्याक्टर सडकमा पल्टिंदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन । उनका अनुसार व्रेक फेल भएर ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ ।

दुर्घटनाका दृष्यहरु हेर्नुहोस्…

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस् …

धनकुटाको कार्कीछापमा ट्याक्टर दुर्घटना, चालक र सह-चालकको घटनास्थलमै मृत्यु 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement