संगालोखबर संवाददाता

ब्रेन गेम 

Advertisement

सायद हामीमध्ये धेरैजना यौनलाई शारीरिक क्रिया मान्दछौं, तर यसमा शरीरभन्दा बढी भूमिका मस्तिष्कको हुन्छ । मस्तिष्कको केही भाग यौन गतिविधिमा महत्वपूर्ण भूमिका हुन्छ । यहाँ अन्तरंग पहलहरूका लागि चाहना जन्मन्छ । यदि कुनै कारणवश यी भाग प्रभावित हुन्छ भने यसबाट व्यक्तिको यौन चाहना प्रभावित हुन्छ । यदि केही समयदेखि तपाईं पनि अन्तरंग पहलहरूबाट टाढा रहनुभएको छ र तपाइंको मन पार्टनरसित ती क्षण बिताउने चाहना गर्दैन भने चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

उमेरसित सम्बन्ध 

प्राय: गरी बढ्दो उमेरसँगै यौन इच्छा घट्छ भन्ने आमधारणा पाइछ तर त्यसो होइन । कैयन अध्ययनबाट यो प्रमाणित भएको छ कि बढ्दो उमेरसँगै महिलाहरू अझ राम्रो सेक्स पार्टनर सावित हुन्छन् । तिनको फर्टिलिटी कम हुन जान्छ तर ती विशेष पलको चाहनामा कमी आउँदैन । विशेषज्ञका अनुसार मेनोपजपश्चात् महिलाहरूमा कन्सिभ डर समाप्त हुन्छ, जसका कारण उनीहरू अन्तरंग पललाई अझ राम्ररी इञ्जोय गर्न सक्छन् ।

स्ट्रेस र यौन 

तनावको प्रभाव महिला र पुरुष दुवैलाई फरक रूपमा पर्छ । तनावले महिलाको यौन जीवनमा नकारात्मक रूपमा प्रभाव पार्छ, जसका कारण उसको सम्बन्ध प्रभािवत हुन्छ । यसैले स्ट्रेसबाट टाढा रहनु आवश्यक छ । स्ट्रेस कम गर्नका लागि दिनभरिमा कमसे कम एउटा काम आफ्नो रोजाइअनुरूपको गर्नु जरुरी छ । २४ घण्टामा केही समय मात्र आफ्ना लागि निकाल्नुपर्छ र इच्छाएको कुरा गर्नुपर्छ । आफू रिल्याक्स भए मात्र पार्टनरसितको अन्तरंग सम्बन्ध आनन्दमय हुन्छ ।

औषधीको प्रभाव 

कैयौं पटक औषधीका कारण कामेच्छामा कमी आउँछ । यदि तपाईं कुनै रोगका कारण औषधी सेवन गर्दै हुनुहुन्छ र केही समयबाट अन्तरंग सम्बधको आनन्द महसुस नभएको जस्तो लाग्छ भने वा अन्तरंग सम्बन्धबाट चाहना हटेको महसुस हुन्छ भने यसबारे शीघ्र चिकित्सकसित सल्लाह लिनु जरुरी छ । यो औषधीकै प्रभाव भएकाले सो औषधी परिवर्तन गर्नु राम्रो हुन्छ । केही वर्ष कन्ट्रेलपिल्स, ब्लड प्रेसरको औषधीले पनि यौनप्रतिको रुचिमा नकारात्मक प्रभाव पार्छ । अत: चिकित्सकको सल्लाह जरुरी हुन्छ ।

डाइटमा फोकस 

केही यस्ता खानेकुरा हुन्छन् जसले तपार्इंको मुड राम्रो गरी कामेच्छा बढाउँछ । जस्तै : स्ट्रवेरी, ब्लुबेरी, वाटरमेलन, एवोकाडो, चना, मह आदि । अत: आफ्नो बोरिङ यौन जीवनमा रोमाञ्चकता भर्नका लागि डाइटमा यी खानेकुरा समावेश गर्नु आवश्यक छ । सेक्स ड्राइभमा कमीलाई अधिकांश महिला गम्भीरतापूर्वक लिँदैनन् । समयसँग यो आफैं सामान्य हुने कुरा होइन । अत: यसले वैवाहिक जीवनमा प्रभाव पार्छ । त्यसैले यसबारे सतर्क र समयमै उपचार गर्नु राम्रो हुन्छ ।

योग र सेक्स 

योगलाई व्यक्तिलाई फिट एन्ड फाइन मात्र राख्दैन । केही योग पोजिसनले कामेच्छालाई पनि बढाउँछ । एक्सपर्टको सल्लाहअनुरूप केही विशेष योगाभ्यास प्रारम्भ गर्नु राम्रो हुन्छ, तर यसको निरन्तरता र नियमितताले मात्र प्रभावकारी परिणाम दिने कुरा बिर्सनु हुँदैन । -साप्ताहिक

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement