संगालोखबर संवाददाता

एजेन्सी । उत्तरी भारतका एक जना चर्चित धर्मगुरुलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसाका कारण भारतमा कम्तिमा १२ जनाको ज्यान गएको छ ।

अदालतको आदेश लगत्तै धर्मगुरु राम रहिम सिंहका समर्थकहरुले चण्डीगढमा प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीहरुले दुई रेलस्टेशन र निजी सवारीहरुमा आगजनी गरेका छन् ।

Advertisement

धर्मगुरु सिंहलाई अदालतले सन् २००२ मा दुई महिलालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गरेको हो ।

उनको मुद्दाको सुनुवाई हुने दिन शुक्रबार चण्डीगढ क्षेत्रमा उनका दुई लाख बढी समर्थक जम्मा भएका थिए ।

धर्मगुरु सिंहलाई अदालतले सोमबार सजायको फैसला गर्नेछ । उनलाई अहिले सुरक्षा कारण सैनिक हिरासतमा राखिएको छ । शुक्रबार सिंह आफ्नो पाँचकुलास्थित आश्रमबाट एकसय बढी सवारीको लावालस्करसहित अदालत आइपुगेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement