काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।

कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजक राष्ट्रका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो ।

Advertisement

उहाँले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताउनुभयो ।

कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।

उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!