संगालोखबर सम्वाददाता

धनकुटा, ८ फागुन । नेता, कार्यकर्ता पक्राउको बिरोधमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहन गरेको नेपाल बन्दका कारण आज धनकुटाको जनजीवन पनि प्रभावित बनेको छ ।

गत आईतबार बिराटनगरमा नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रहरीले नेता, कार्यकर्ता पक्राउ गरेको बिरोधमा बन्द आवहन गरिएको नेकपाका धनकुटा ईन्चार्ज आकास शर्माले जानकारी दिए ।

Advertisement

बन्दका कारण धनकुटामा बिहानैदेखि यातायातका साधन सञ्चालन भएका छैनन् । धनकुटा हुँदै पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गमा यातायातका साधन ठप्प छन् ।

एम्वुलेन्स, प्रेस, दुध बोक्ने गाडी लगायत आकस्मिक प्रयोजनका बाहेक अन्य सवारी साधन ठप्प रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए । बन्दका कारण शिक्षण सस्था पनि प्रभावित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!