संगालोखबर सम्वाददाता

बिराटनगर, ५ फागुन । जमरकट्टेल वंश एकता प्रतिष्ठानले हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ र स्मरण क्षमतामा विश्वरेकर्ड राख्ने अर्पण जमरकट्टेललाई शनिवार सम्मान गरेको छ ।

धुर्मुस–सुन्तलीले सामाजिक काम गरेर र अर्पणले विश्वरेकर्ड राखेर जमरकट्टेलको पहिचानलाई उच्च बनाएको भन्दै सम्मान गरिएको हो ।

Advertisement

तीनै जनालाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ र प्रतिष्ठानका अध्यक्ष कुमारमणी जमरकट्टेलले खादा र सम्मान पत्र दिएर सम्मानित गरेका थिए । साथै प्रतिष्ठानले ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले निर्माण गर्न लागेको नमुना बस्ती निर्माणको लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग पनि गरेको छ ।

प्रतिष्ठानको कार्यालय परिषरमा निर्माण गरिएको भारद्धाज ऋषिको शालिक पनि सोही अवसरमा अनावरण गरिएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!