ईश्वर थापा/संगालोखबर

धनकुटा, १ फागुन । धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित धर्मशाला नजिकैको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

सोमबार राति १२ बजेतिर एनसेल टावरको ब्याट्रीमा आगजनी भएको प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले संगालोखबरलाई जानकारी दिए। उनका अनुसार आगजानी गर्ने समूहको खोजी भइरहेको छ ।

Advertisement

आगजनीबाट टावरमा रहेको एकपट्टीको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने अर्कोतिर रहेको चारवटा ब्याट्रीमा सामान्य क्षति पुगेको छ। जसका कारण टावर सञ्चालन हुन सकेको छैन।

यता एनसेल कम्पनीले टावरमा क्षति पुग्ने कुनै किसिमको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। एनसेलको टावरमा आगजनी भएपछि अहिले सो क्षेत्रका सयौं एनसेल प्रयोगकर्ता मारमा परेका छन्।

छिटो मर्मत गरी पुनः टावर सञ्चालनमा ल्याउनुपर्ने स्थानीय युवा मंगलसिंह विश्वकर्माले माग गरे । राति विस्फोटको आवाज आएकाले आफूहरू त्रसित बनेको भन्दै उनले सुरक्षा व्यवस्था सहज बनाउन राज्यले ध्यान दिनुपर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!