काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत नेपालले आज आफ्नो चौथो खेल आज केन्याविरुद्ध खेल्दैछ । पाँच पटक एक दिवसीय विश्वकप खेलेर सेमिफाइनलसम्म पुगिसकेको केन्याविरूद्ध आज नेपाली टोलीले दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा खेल्दैछ।

Advertisement

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो। डिभिजन–२ मा यसअघि खेलेका दुबै खेल गुमँएइसकेको केन्या जीत विहिन अवस्थामा तालिकाको पुछारमा छ।

केन्या तेस्रो खेल खेल्दैछ भने नेपाल आफ्नो चौथो खेल खेल्दैछ। राजधानी विन्डहकमा हुने केन्या विरुद्धको खेलमा जित हात पार्न सके नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप बलियो हुनेछ।

इतिहास हेर्ने हो भने केन्या निकै बलियो छ। सन् २०१४ मा विश्वकप छनोट प्रतियोगिताको अभ्यास म्याचमा नेपाल र केन्या पहिलो पटक आमने सामने भएका थिए। जुन खेलमा केन्या एक विकेटले विजयी भएको थियो।

२०१५ को डिभिजन–२ मा नेपाल र केन्या दुई पटक खेलेका थिए। लिग चरणमा नेपाल ५ विकेटले पराजित भएको थियो भने तेस्रो स्थानको प्लेअफमा केन्याले १५ रनको जित हात पारेको थियो।

त्यसपछि नेपाल र केन्या आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा एकअर्का विरुद्ध उत्रिएका थिए।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत दुई म्याच भएका थिए । काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!