काठमाडौँ, १० माघ।  नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताउनुभएको हो ।

Advertisement

अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्न लागिएको पोखरेलले बताउनुभयो ।

प्रतिष्ठानले “विशिष्ट साहित्यकार परिचयपत्र” र “लेखन साहित्यकार परिचयपत्र” गरी दुई प्रकारमा परिचयपत्र वितरण गर्न लागेको हो ।

विशिष्ट साहित्यकार परिचयपत्र ६० वर्ष उमेर पुगेका र ४० वर्षसम्म नियमित साहित्य लेखनमा लागेकाले पाउनेछन् भने लेखन साहित्यकार परिचयपत्र ४० वर्ष उमेर पुगेका र २५ वर्ष नियमितरुपमा काम गरेको हुनुपर्ने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!