उच्च बाँध अध्ययनमै सीमित

उच्च बाँध अध्ययनमै सीमित
धरान,१२ फागुन। सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको अध्ययन सुरु भएको १३ वर्षमा करोडौँ रुपैयाँ सकिइसकेको छ । तर, अध्ययन अझै सकिएको छैन । गत साउनमा अध्ययनका लागि साढे दुई वर्ष समय थप गरिएको छ । आयोजना अध्ययनका लागि भारतले विराटनगरमा कार्यालय खोलेको छ । आयोजनाको डिपिआर तयार गर्न उसले एक करोड दिएको छ । कार्यालयमा खटाइएका आफ्ना १० कर्मचारीका लागि भारतले मासिक ५० लाख खर्च गर्दै आएको छ । अहिलेसम्...

प्रादेशिक महोत्सव शुरु

प्रादेशिक महोत्सव शुरु
इटहरी, ११ फागुन। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धरान १२, पब्लिक माविको खेल मैदानमा प्रादेशिक महोत्सव शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गर्दै प्रदेश सरकार निजी क्षेत्रसँग विकासका हरेक विषयमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महोत्सवमा प्रत्येक दिन फरक फरक जातजातिको नृत्य तथा झाँकीका साथै राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति...

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो
ताप्लेजुङ, ११ फागुन। ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्र...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्र...

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते
लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घा...

सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित
इलाम, ११ फागुन । इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् । सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको ...

धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने

धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने
धनकुटा, ११ फागुन । धनकुटामा क्रियासिल पत्रकार रमेशचन्द्र अधिकारीलाई यस वर्षको हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । झापाको अर्जुनधारास्थित जंगबीर गोभाजु श्रेष्ठ प्रतिष्ठान बुट्टाबारीले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानको आठौं वार्षिकीको अवसर पारेर फागुन १९ गते झापामा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संस्थापक बाबुराम श्रेष्ठ (वर्षा) ...

मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा अतिक्रमणको चपेटामा

मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा अतिक्रमणको चपेटामा
गाईघाट, उदयपुर, १० फागुन ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित थरुहट रंगशाला परिसर नजिकै रहेको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको जग्गा केही व्यक्तिले अतिक्रमण गरेर घेराबार गर्ने तथा उपभोग गर्न थालेपछि अतिक्रमणको चपेटामा परेको छ । गाईघाटस्थित थरुहट रंगशाला परिसरको दक्षिणतर्फ रहेको उक्त जग्गामा मदनभण्डारी स्मृति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माण गर्नका...

शाहसिक खेल प्याराग्लाइडिङ शुरु भएसँगै धरानमा पर्यटकको आकर्षण बढयो

शाहसिक खेल प्याराग्लाइडिङ शुरु भएसँगै धरानमा पर्यटकको आकर्षण बढयो
इनरुवा, १० फागुन ।  शाहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् । मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उड...

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै
पथरी, मोरङ, १० फागुन । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो ब...
error: Content is protected !!