संगालोखबर संवाददाता

एजेन्सी, २९ असोज । हरेक पाँच वर्षमा संसारको नजर चीनमा हुने सत्ताधारी कम्युनिष्ट पार्टीको कांग्रेसमा टिक्ने गर्दछ ।

Advertisement

यसै कांग्रेसमा तय गरिन्छ कि कम्युनिष्ट पार्टीको नेतृत्व कसले गर्नेछ । जसको हातमा कम्युनिष्ट पार्टीको कमान हुन्छ, ती व्यक्तिले नै एक अर्ब ३० करोड जनतामाथि शासन गर्दछ । यसका साथै ती व्यक्ति संसारको दोस्रो ठूलो अर्थव्यवस्थाको संचालन गर्नेछ ।

चीनमा कम्युनिष्ट पार्टीको १९ औं कांग्रेसको बैठक १८ अक्टोबरबाट सुरु हुँदैछ । यसै कांग्रेसमा कम्युनिष्ट पार्टीमा नेतृत्व परिवर्तनको आशा गरिन्छ । यद्यपी, यस पटक बहुमतले शी जिनपिंग राष्ट्रपति पदमा रहिरहने अड्कलबाजी गरिरहेका छन् ।

मध्य अक्टोबरमा कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) देशभरबाट प्रतिनिधीलाई नियुक्त गर्दछ । त्यसपछि बेइजिङको ग्रेट हलमा बैठक हुन्छ ।

पार्टीका २ हजार तीन सय प्रतिनिधी छन् । यद्यपी, २ हजार २ सय ८७ प्रतिनिधी मात्र यो बैठकमा समावेश हुन्छन् । रिपोर्टका अनुसार १३ प्रतिनिधीलाई अनुचित व्यवहारका कारण अयोग्य ठहराइएको छ ।

बन्द ढोका भित्र सिपिसी शक्तिशाली सेन्ट्रल कमेटीको चुनाव गर्नेछ । सेन्ट्रल कमेटीमा करिब २ सय सदस्य हुन्छन् । यही कमिटी पोलिटब्यूरोको चयन गर्दछ र पोलिटब्यूरोमार्फत स्थायी समितीको चयन गरिन्छ । यी दुबै कमिटी चीनमा निर्णय लिने वास्तविक निकाय हुन् । पोलिटब्यूरोमा अहिले २४ सदस्य छन् जबकी स्ट्यान्डिङ कमिटीमा सात सदस्य छन् । यद्यपी, सदस्यको संख्यामा आउँदो वर्षमा परिवर्तन भइरहन्छन् ।

 

भन्नका लागि त एक मतदान हुने हो तर वास्तवमा वर्तमान नेतृत्वमा धेरैजसो मानिसहरु पहिले नै तय हुन्छन् र कमिटिले आदेशको मात्र पालना गर्दछ । सेन्ट्रल कमिटी पार्टीका शीर्ष नेताको पनि चुनाव गर्दछ जसलाई कम्युनिष्ट पार्टीका महासचिव भनिन्छ । जो सिपिसीका महासचिव हुन्छन् त्यही व्यक्ति देशका राष्ट्रपति बन्ने गर्दछन् । यसपटक शी जिनपिंग नै राष्ट्रपति बन्ने धेरैको अनुमान छ ।

१९ औं कांग्रेसको ध्यान यसपटक मुख्य रुपमा दुई कुरामा अडिएको छ । पहिलो यो हो कि शी जिनपिंग आउँदो पाँच वर्षका लागि चीनियाँ नीतिको दिशाको विषयमा एक विस्तृत रिपोर्ट पेश गर्नेछन् र विश्लेषक यो रिपोर्टको अनुसन्धान गर्नेछन् । दोस्रो कुरा यो हो कि पोलिटब्यूरो स्ट्न्यान्डिङ कमिटीलाई पूर्ण रुपमा परिवर्तनको आशा छ ।

पछिल्ला केही वर्षमा पार्टीले केही विशेष पदमाथि अनौपचारिक कार्यकाल र उमेर सीमा तय गरेको छ । त्यसकारण धेरैजसो पोलिटब्यूरो सदस्य हट्ने अनुमान गरिएको छ किनभने उनीहरु रिटायरमेन्टको उमेर ६८ वर्ष पार गरिसकेका छन् ।

यसमा भ्रष्टाचार विरोध एजेन्सीका प्रमुख वांग किशान पनि समावेश छन् । यद्यपी, वांग, शी जिनपिंग मुख्य सहयोगी हुन् र उनलाई पदमा रहिरहने सुविधा दिन सकिने सम्भावना छ । राष्ट्रपति शी र प्रिमियर ली किकियांगको उमेर ६५ को वरिपरि छ ।

कम्युनिष्ट पार्टीकी कांग्रेसमा चीनको भविष्यका नयाँ नेतालाई सार्वजनिक गरिने आशा गरिन्छ । अर्को पाँच वर्षसम्म देशलाई हाँक्ने शीको उत्तराधिकारी छानिने सम्भव छ । तर यसपटक शीले परम्परा तोड्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

सन् २०१२ मा जब शी जिनपिंग सत्तामा आए तबदेखि उनले आफ्नो शक्तिमा अत्यधिक बढोत्तरी गरेका छन् । शी जिनपिंगलाई विभिन्न टाइटल प्रदान गरिएको छ । उनलाई ‘कोर लिडर अफ चाइना’ को पनि टाइटल दिइएको छ । यो टाइटलमार्फत् उनी माओत्से तुंगजस्ता नेताको पंक्तिमा उत्रिए । कांग्रेसमा शी जिनपिंगका सहयोगीको संख्या पनि अत्यधिक भएको बताइन्छ । यस्तोमा पार्टी चार्टरमा शी जिनपिंगको नीतिलाई स्थापित गर्न सजिलो हुनेछ ।

यदि यस्तो भयो भने चीनको राजनीतिक इतिहासमा शी जिनपिंग माओको स्तरमा पुग्नेछन् । केही मानिसहरुको मान्यता अनुसार उनीहरु परम्परागत रुपबाट राष्ट्रपतिको दुई कार्यकालको सीमालाई पनि बढाउने घोषणा गर्न सक्छन् । सन् २०१२ मा राष्ट्रपति बनेपछि शीले भ्रष्टाचार विरोधी अभियानलाई प्रभावकारी तरिकाले अघि बढाए । १० लाखभन्दा बढि अधिकारीका विरुद्ध भ्रष्टाचारको मामलामा कारवाही भयो । यद्यपी, थुप्रै मनिसहरु यसलाई विरोधीको विरुद्धको कदमको रुपमा पनि हेर्ने गर्दछन् ।

शीको नामबाट पनि एक आन्दोलन चल्यो । यो कारण त्यहाँको मिडियामा पनि शीको छवी चम्कियो । यही कारणले शीलाई प्रेमपूर्वक ‘शी दादा’ उपनाम पनि दिइयो ।

विश्लेषकको मान्यता अनुसार स्ट्यान्डिङ कमिटीमा ठूलै फेरबदलले केही ठूला नीतिगत परिवर्तन आउन सक्छन् । यद्यपी, दुनियाँका लागि चीनको व्यवहारमा केही परिवर्तन आउने छैनन् । शी पुनः चुनिए स्थिरता बनिरहन्छ । चीनमा आर्थिक सुधारको कार्यक्रम अहिले पनि जारी छ । यसमा शीको भ्रष्टाचार विरोधी अभियान र अधिनायकवादी शासन पनि समावेश छन् ।

शीको नेतृत्वमा चीन वैश्विक स्तरमा केही मामलामा प्रखर रुपमा सार्वजनिक भएको छ । यसमा विशेषगरी चीन सागरको विस्तार र ‘वान बेल्ट वान रोड’ महत्वपूर्ण छन् । डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाको जुन स्थिती छ त्यसमा चीनले आफूलाई एक वैकल्पिक सुपर पावरको रुपमा पेश गरिरहेको छ । यद्यपी, एउटा प्रश्न अहिले पनि बाँकी छ – उत्तर कोरिया र त्यसको परमाणु संकट ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement