संगालोखबर संवाददाता

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश एक र्‍याप गीत सार्वजनिक भएको छ । रोहित शाक्यद्धार सृजित तथा निर्मित यो गीतमा र्‍यापरद्धय लाउरे र एड्रेले आवाज दिएका छन् ।

Advertisement

यो भिडियोको छायांकन केही दिन अगाडि मात्र गरिएको थियो । यो भिडियोमा र्‍यापरद्धय लाउरे र एड्रेका साथमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतलाइ पनि देखाइएको छ ।

यो गीतको भिडियोको निर्देशन चलचित्रका निर्देशक असिम शाहले गरेका हुन् । गीतको छायांकन हरि हुमागाँइले गरेका हुन् भने लोकेश बज्रचार्य यसका सम्पादक हुन ।

निर्देशक अमिस शाहका अनुसार, यो गीतलाइ चलचित्रको मुख्य अंशको रुपमा समावेश गरिएको छ । उनले र्‍यापरद्धयले चलचित्रको मर्मलाइ यो ओएसटीमा समावेश गरेको बताए ।

निश्चल बस्नेत, आशिफ शाह र मेनुका प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement