संगालोखबर संवाददाता

काठमाडौ, ३ भदौ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ ।

Advertisement

हैनान विश्वविद्यालयको टोलीसग भएको मैत्रीपूर्ण खेलमा नेपालले ६–० गोल अन्तरको लज्जास्पद हार बेहोरेको छ । जापान गएको टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् ।

गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा समावेश छैनन् । नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गरेको छ ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकबिहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement