रबिन कटेल

विराटनगर । केही दिन अघि सार्वजनिक आर्थिक बर्ष २०७९/०८० को बजेटमा विरोधाभाषपूर्ण निति अवलम्बन गरिदा वनस्पति घ्यू उद्योगहरुलाई समस्या परेको भन्दै नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले बजेट प्रति असन्तुष्टि जनाएको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर यो नितिले समग्र वनस्पति तेल उद्योगहरु समस्याग्रस्त हुँनेतर्फ सचेत पनि गराएको छ ।

Advertisement

नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी त्यसलाई प्रशोधन गरेर विक्री वितरण गरिदै आएको थियो । प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो, जुन कच्चा पदार्थ भन्दा एक तह मात्र बढी हो । सरकारले हालै सार्वजनिक गरेको बजेटबाट विस्कुट र चाउचाउ जस्ता विशेष उद्योगहरुलाई पाम र पामोलीन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल अर्थात साविकको व्यवस्थामा ६६.६७ प्रतिशत छुट दिई तयारी माल भन्दा कच्चा पदार्थको मन्सार महसुल एक तह कम हुँने नितिबाट विरोधाभाषपूर्ण तरिकाले औद्योगिक विकासमा गम्भीर असर पुर्याएको संघको ठहर छ । यसले वनस्पति उद्योगहरुलाई दिर्घकालिन रुपमा असर पार्नेतर्फ संघले सचेत गराएको हो ।

‘समग्रमा वनस्पति तेल उद्योगहरु संकटोन्मुख भई समस्याग्रस्त भएका छन् । यसको सिघ्र समधान नगरेको खण्डमा उद्योगहरु बन्द नै हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नेछ,’ संघका अध्यक्ष सन्दिप कुमार अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बजेटमा तयारी वस्तु/सामानलाई कच्चा पदार्थ भन्दा पनि एक तह कम भन्सार महसुल लागू गरेकोले त्यसलाई अविलम्ब खारेज गर्नु संघले माग गरेको छ ।

उपभोक्तालाई चरम महङ्गीवाट राहत दिन र भारतवाट अनाधिकृत रुपमा आउने खाने तेल रोक्नका लागि कच्चा खाने तेलको आयातमा भन्सार महसुल नलगाउँन र मुल्य अभिबृद्धि करमा ५० प्रतिशत छुट दिन पनि माग गरिएको छ । मंगलबार संघको केन्द्रिय समिति बैठक बसेको थियो । बैठकले बनस्पति घ्यू तेल उद्योगहरुमा बजेटको नितिले पारेको असरको बिषयमा छलफल गरी यसको समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराउँने निर्णय गरेको केन्द्रिय सदस्य विपिन काबराले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement