रबिन कटेल

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ स्थित पाइसकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र जीपी फाउन्डेसन क्षेत्र नंम्बर ४ को सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ४ को कार्यालय परिषरमा सञ्चालित शिविरमा ९७३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २११ जनाको रक्त परीक्षण, १९२ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement