संगालोखबर संवाददाता

काठमाडौं,२६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिन्दू धर्म अनुसार पशुपति अार्यघाटमा अन्त्येष्ट्री गरिदैंछ ।

Advertisement

त्यसअघि अनामनगरस्थित नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यलयमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शरदकुमार गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

सोमबार नयाँ बानेश्वर प्रयाग मार्गस्थित खरिबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेका थिए । तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल र्पुयाइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको थियाे । पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement