संगालोखबर संवाददाता

ललितपुर,२२ असोज । दशैँ लगायतका चाडवाडमा धेरै दुर्घटना हुने गरेकोमा यस वर्ष ललितपुर जिल्लामा भने दुर्घटनाको संख्यामा कमी आएको छ ।

Advertisement

महानगरीय ट्राफिक प्रहरीको सूरक्षा योजना तथा ललितपुर प्रहरीको सक्रियतामा यस वर्ष दुर्घटनाको संख्या कमी भएको हो ।

गत वर्ष दशैँको अवधिमा २१ वटा दुर्घटना हुनका साथै दुई जनाले ज्यान गुमाएकोमा यस वर्ष मात्र ७ वटा सामान्य प्रकृतिका दुर्घटना भएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दशैँको अवधिमा सातदोबाटोमा १, जावलाखेलमा ४ तथा सानेपामा २ वटा समान्य प्रकृतिका दुर्घटना भएका छन् ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार बिहान ७ बजेदेखि राती ३ बजेसम्म प्रहरीले विभिन्न समयमा विभिन्न स्थानमा चेकजाँच गरेको थियो ।

तीव्र गतिमा सवारी कुदाउने, छतमा मान्छे राख्ने, अव्यवस्थित पार्किङ गर्ने, मापसे सेवन गरेर सवारी चलाउने देखि जथाभावि बाटो काट्नेमाथि कडा निगरानी राखिएको थियो ।

‘सर्वसाधारणले सुरक्षित रुपमा दशैँ मनाउन पाउन् तथा यस अवधिमा कुनै अप्रिय घटना नघटोस् भनेर हामीले विशेष सर्तकता अपनाएका थियौँ,’ हाछेथुले भने ।

उनका अनुसार दशैँ अघि नै जिल्लामा सञ्चालन गरिएका विभिन्न जनचेतनामूलक कार्यक्रमहरुले दूर्घटना न्युनिकरणमा सहयोग पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement