संगालोखबर संवाददाता

एजेन्सी।उत्तर प्रदेशको एटा जिल्लामा सोमबार रक्सीको नशाले मात्तिएका एक सुरक्षाकर्मीले गोली हानेर दिदीभाइको हत्या गरेका छन् ।

Advertisement

एटा पुलिसका अनुसार आरोपी योगेन्द्र उर्फ छोटे सिंह यादवलाई पक्राउ गरेको छ । उक्त घटना अलिगंज क्षेत्रको जसरथपुर थानाक्षेत्रको देवतरा गाउँको हो ।

एटाका वरिष्ठ पुलिस अधिक्षक अखिलेश कुमार चौसासियाले बीबीसीलाई भने, ‘घटना सोमबारको हो । आरोपी रक्सीको नशामा पीडित परिवारको घर बाहिर थिए ।

दिदीभाइका आमाले जब उनीहरुलाई त्यहाँबाट जानका लागि भने तब उनले घरबाहिर खेलिरहेका दिदीभाइमाथि लाइसेन्स भएको बन्दुकमार्फत गोली हाने ।’

गोली लागेपछि दिदीभाइ तीन वर्षका शान मोहम्मद र ६ वर्षीया गुल–अफशाको घटनास्थलमा नै मृत्यु भयो जबकी एक बालिका घाइते भएकी छिन् जसको उपचार चलिरहेको छ ।

पुलिसका अनुसार घाइते बालिका खतरामुक्त छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement