ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ फागुन । धनकुटामा शनिबारदेखि प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम सुरु भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा आदिबासी जनजाति अनुसन्धान केन्द्रले तालिम आयोजना गरेको हो ।

‘प्राथमिक उपचार पद्दति सिक्न सबै जुटौं, कोही नछुटौं’ भन्ने नाराका साथ तालिम सुरु गरिएको आयोजकले जनाएको छ । तालिममा धनकुटा नगरपालिकाका १० वटै वडाका २४ जनाको सहभागिता छ । तालिमको संयोजन जिल्ला युवा समितिले गरेको छ भने नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको छ ।

Advertisement
तालिममा सहभागिहरु ।

घाईते अथवा बिरामीलाई स्वास्थ्य सस्थामा पुर्याउँनु अघि अपनाउँनुपर्ने प्राथमिक उपचारका बिषयमा तालिममा सहभागिलाई जानकारी दिईने जिल्ला युवा समिति अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिएका छन् ।

उनका अनुसार पानीमा डुबिरहेको, कुकुरको टोकाइ, सर्पको टोकाइ, हातखुट्टा भाँचिएको, नाकबाट रगत बगिरहेको, विषादी सेवन, रक्तश्राव जस्ता अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा सहभागिलाई जानकारी दिईने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!