काठमाडाैं, २ फागुन । चुनावी जनमत वाम गठबन्धनको पक्षमा आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म राजीनामा दिएका छैनन् । एमाले र माओवादीले राजीनामा मागेपनि राष्ट्रियसभा निर्वाचन र निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी परिणाम नबुझाएको भन्दै देउवाले टारे ।

Advertisement

आयोगले बुधबार परीणाम बुझाउने भएपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, ढिला भएको भन्दै भोलिलाई सारिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘भोलि ९ बजे मन्त्रिपरिषदको अन्तिम बैठक छ, त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’

यता एमाले र माओवादीले भने भोलि नै केपी ओलीको नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएका छन् ।

एमालेले औपचारिक रुपमै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । बुधबार नै समयले भ्याएको भए राष्ट्रपति कहाँ जाने तयारी थियो । तर, आयोगले निर्वाचन परीणाम बुझाउन समय लागेपछि यो भोलिलाई सरेको हो ।

राष्ट्रपति कार्यालय स्रोतले दलहरु बहुमतसहित दाबी गर्न आए भोलि नै प्रधानमन्त्री नियुक्त हुन सक्ने बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!