संगालोखबर संवाददाता

काठमाडौं।  बि.सं २०७२ मा गएको महाभुकम्पले छिन्न भिन्न पारेको एउटा परिवारको कथामा चलचित्र ‘नीरफुल’ निर्माण थालिएको छ ।

Advertisement

साहित्यकार तथा पत्रकार फुलमान वलको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो । राजधानीमा आज आयोजित एक कार्यक्रममा चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिइयो ।

कार्यक्रममा निर्देशक वलले भुकम्पले छिन्न भिन्न एक परिवारका सदस्यले मिलनका लागि गर्ने संघर्ष आफुले चलचित्रको कथामा उठाएको बताए ।

भुकम्पको समयमा पत्रपत्रिका छापिएका बिभिन्न दर्दनाक समाचार र घटना कथाले आफुलाई यो बिषयमा चलचित्र निर्माणका लागि प्रेरित गरेको वलले सुनाए ।

दयाहाङ राई, शान्ति वाइवा, जिम्मे छयोइकी घिसिङ, बुद्धी तामाङ लगायत कलाकारको अभिनय रहने चलचित्रमा अभिनेत्री रेखा थापाको बिषेश भुमिका पनि रहनेछ ।

अभिनेत्री रेखा थापाले कथा मन परेकोले बिषेश भुमिकाको रुपमा ‘नीरफुल’ चलचित्रसँग आफु जोडिएको सुनाइन् ।

अभिनेता दयाहाङ राइले निर्देशक वलले राम्रो चलचित्र बनाउने बिस्वास आफुलाई भएकोले अभिनयका लागि तयार भएको बताए ।

उनले चलचित्रको कथाले आफुलाई मन छोएको बताउँदै सबै दर्शकलाई पनि मनपर्ने धारणा राखे ।

चलचित्रमा गीत तथा कथा फुलमानकै रहेको छ भने संम्बादमा फुलमानलाई सचिन घिमिरेले सघाएका छन् । अर्जुन पोखरेलको संगीत, कुमार महर्जनको द्धन्द्ध रहने चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम रहेका छन् ।

७० प्रतिसत छायाँकन गरिएको भैसकेको चलचित्रको बाँकी छायाँकन रुबि म्यालीमा गरिनेछ । माया केकी, चन्द्रमाया तामाङ, दीपक श्रेष्ठ, उदय लामा, दिनेश लम्तरी मगर लगायत निर्माता रहेको चलचित्रको सह निर्माता फ्रेन्ड्स अफ नेपाल म्यान्मार फ्रेण्डसीप काउन्सिल, ग्रीनतारा इन्टरटेनमेन्ट र एम मिडिया रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement