संगालोखबर संवाददाता

पोखरा।कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ ।

स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की र अन्य जिल्लावाट पोखरा आई बसोबास गर्ने अपाङ्गलाई ६१ ह्विलचियर, २७ वटा शौचालयका लागि प्रयोग हुने कुर्सी, नौ जना अपाङ्गलाई बसेर नुहाउने कुर्सी, १२ वैशाखी र पाँच थान स्टोक सहयोग प्राप्त भएको थियो ।

Advertisement

अपाङ्गलाई सामग्री वितरणपछि मन्त्री थापाले अपाङ्ग पनि समाजका सचेत नागरिक भएकाले उनीहरुको जीविकोपार्जनका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अपाङ्ग शारीरिक रुपमा अपाङ्ग भए पनि उनीहरुमा बौद्धिक क्षमता उच्च रहेको कसैले पनि उनीहरुलाई हेयको दृष्टिकोणले हेर्न नहुने बताउनुभयो ।

जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनका अध्यक्ष पिटर डेनलकले विगत १८ वर्षदेखि नेपालका अपाङ्गको सहयोगका लागि आपूmले काम गर्दै आएको बताउँदै उनीहरुलाई अपाङ्ग सामग्री उपलब्ध गराउन पाएको खुशी व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष हितमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता स्वावलम्बन विकास सङ्घका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेम गुरुङ र अञ्जना केसीले मन्तव्य व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement