संगालोखबर संवाददाता

काठमाडौं,२३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, माओवादी र नयाँ शक्तिबीच नयाँ गठबन्धन बन्नु क्रमभंगता भएको बताएका छन् ।

Advertisement

अध्यक्ष प्रचण्डले नेपालमा वामशक्तिहरुको धु्रविकरणसँगै नेपालमा कम्युनिष्ट केन्द्रको निर्माण गर्ने अभियान सुरु भएको पनि बताए ।

पार्टीको भातृ संगठन वाईसिएलको स्कुलिङ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘प्रकृतिमा होस् या योजनामा, निरन्तरतामा क्रम भंगता हुन्छ, अनि मात्र नयाँ परिस्थीतिको र नयाँ प्रकृतिको संरचना सुरु हुन्छ । नेपालमा पनि अहिले आवश्यक्ता र आकस्मिकताले यहि क्रम भंगता गर्न नयाँ ईतिहास तय गरेको छ ।’

अध्यक्ष प्रचण्डले नेपालका बाम धु्रविकरणलाई विश्व ईतिहासमै पहिलो रचना भएको भन्दै यो नेपालको सापेक्षतामा भएको बताए ।‘संभव छ, द्वन्द्धात्मक भौतिकबाद बुझाईमा हैन रुपान्तरण गर्ने हो भन्ने विकासले र यसको सहि प्रयोगले विकास र समृद्धिमा परिवर्तन ल्याउँछ,’ अध्यक्ष प्रचण्डले भने ।

कार्यक्रममा प्रचण्डको निर्णयलाई वाईसीएलले विश्व कम्न्युष्टि आन्दोलनको ईतिहास रच्ने पहिलो ईतिहास भएको भन्दै यसलाई पार्टी अध्यक्ष र पार्टी निर्णयको पक्षमा दरोसाथ उभिएको वाईसीएल अध्यक्ष दिपशिखाले बताए । वाईसीएलले निरन्तर स्कुलिङ कार्यक्रम गरिरहेको छ, कार्यक्रममा वर्षमान पुनः र मणि थापाले प्रशिक्षण दिइरहेका छन् ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement