संगालोखबर संवाददाता

भोजपुर, ९ असोज । मानव अधिकार र वहिराहरुको क्षेत्रमा काम गर्न भनि स्थापना भएका कार्यालय तथा सस्थाले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भोजपुरमा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् ।

१२ औं अन्तर्राष्ट्रिय बहिरा दिवसका अवसरमा वहिरा संघ भोजपुरले जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरेको कार्यक्रममा सम्वन्धीत क्षेत्रमा काम गरिरहेका कार्यालय तथा संघ सस्थाका कोही पनि उपस्थित नभएपछि सहभागीले यस्तो वताएका हुन ।

Advertisement

समावेशिताको नारा लगाएर काम गर्छु भन्दै हिड्ने सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिलाई बोलाउदा पनि उपस्थीत नभएको भन्दै उनीहरुले आक्रोश पोखे ।

कार्यक्रममा महिला विकास कार्यालय लगायतलाई वोलाएको भएपनि कुनै कार्यालयका प्रतिनिधि सहभागी नभएको भोजपुर वहिरा संघका अध्यक्ष सिताराम ओझाले वताए । जिल्लामा रहेका वहिराहरुको समस्या समाधानमा कसैले चासो नदिएको उनले गुनासो गरे ।

बहिरा दिवसको अवसरमा भोजपुरमा निकालिएको शान्ति र्याली । तस्वीर: वाईराज बिष्ट/संगालोखबर

जिल्लामा वाहिराहरुको मुख्य समस्या शिक्षा र सञ्चारमा पहुँच नभएको भन्दै ओझाले सरोकारवाला निकायले हक अधिकारको लागि चासो नदिएकोले संघ स्थापना गर्नु परेको वताए ।

अन्य जिल्लाको तुलनामा भोजपुरमा वहिराहरु हक अधिकारबाट वञ्चित बनेको उनको भनाई छ ।  दिवसको अवसरमा लाोकतान्त्रिक गेट देखि चारभञ्जयाङ र जिल्ला अस्पतालसम्म प्रभात फेरी र जिल्ला अस्पताल भोजपुरका विरामीलाई फलफुल वितरण गरिएको छ ।

कार्यक्रममा भोजपुुर नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार र जिल्ला प्रशासनका प्रतिनिधी मात्र सहभगी थिए । भोजपुर जिल्लामा ५० जनाले वहिराको सदस्यता लिएका छन् भने अन्यको खोजी भईरहेको संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement