संगालोखबर संवाददाता

काठमाडौं , २ असोज । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देश चुडामणी शर्माको घरको गेटमा सिलिण्डर बम विस्फोट गराउने प्रयास भएको प्रहरीले जनाएको छ ।

Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रबिन्द्र धानुकका अनुसार अज्ञात समूहले बूढानीलकण्ठमा रहेको उनको घर गेटको बाहिरी भागमा राति १ बजेतिर सिलिण्डरमा आगो लगाएर विष्फोट गर्न खोजेका थिए ।

प्रहरीका अनुसार समयमै प्रहरी पुगेका कारण पड्कन तयार रहेको बमको आगो निभाएपछि कुनै क्षति भने हुन भने पाएन । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement