संगालोखबर संवाददाता

एजेन्सी। शुक्रबार बिहानको मिसाइल परिक्षणमाथि चौतर्फी विरोधपछि पनि उत्तर कोरियाली नेता किम जोंग–उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता दोहोराएका छन् ।

Advertisement

उत्तर कोरियाको सरकारी मिडियाले यो खबर सार्वजनिक गरेको हो । समाचार एजेन्सी केसीएनएका अनुसार किम जोंग उनले अमेरिकी फौजको प्रतिस्पर्धामा ‘सन्तुलन’ स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य बताएका छन् ।

किम जोंग–उनको भनाई उद्धृत गर्दै केसीएनएले भन्यो, ‘हामीले ती शक्तिशाली देशलाई देखाउनु छ कि हाम्रो देश उनीहरुको असिमित प्रतिबन्ध र अड्चनका बाबजूद कसरी आफ्नो परमाणु कार्यक्रम पूरा गर्दछ ।’

उनले भने, ‘हाम्रो उद्देश्य अमेरिकी फौजको तुलनामा आफ्नो सन्तुलन बनाउनु हो ता कि अमेरिकी शासक सैन्य विकल्पबारे सोच्ने हिम्मतसमेत गर्न नसकून् ।’

यसअघि उत्तर कोरियाको ताजा मिसाइल परिक्षण निकै उत्तेजित गरिदिने किसिमको बताउँदै संयुक्त राष्ट्र सुरक्षा परिषदले यसको कडा विरोध गरेको छ । बिहिबार उत्तर कोरियाले जापानतर्फ आफ्नो अहिलेसम्मको लामो दुरीको मिसाइल परिक्षण गरेको थियो ।

त्यसपछि सुरक्षा परिषदले बोलाएको आपतकालीन बैठकमा प्योंगयांगबाट यस्तो प्रकारको कारवाहीलाई तत्काल रोक्न भनियो ।

मिसाइल परिक्षण लगत्तैको तिखो बयानपछि अमेरिका, चीन र रुस यो मुद्दामा सँगै देखिए । बयानमा सदस्य देशलाई प्रतिबन्धलाई कडा रुपमा लागु गर्न आग्रह गरियो ।

सुरक्षा परिषदका अध्यक्ष टेकेडा एलेमूले बयानमा भने, ‘परिषद् डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरियाको ब्यालेस्टिक मिसाइल लञ्चको निन्दा गर्दछ ।

सुरक्षा परिषद्को मान्यता अनुसार सबै सदस्य देश पूर्ण रुपमा  र तत्काल, परिषदको प्रस्तावलाई लागू गरुन् । परिषदले यो आवश्यकतामा पनि जोड दिन्छ कि कोरिया परमाणु निःशस्त्रीकरणको प्रतिबद्धताप्रति ठोस कारवाहीमार्फत गम्भीरता देखाइयोस् र कोरियाली प्रायद्वीपमा तनावलाई कम गर्नका लागि काम गरियोस् ।’

यसै बिच, संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले यदि कडा आर्थिक प्रतिबन्ध सफल नभए वासिङ्टनसँग सैन्य कारवाहीको अन्य विकल्प पनि भएको बताएकी छिन् ।

यद्यपी, संयुक्त राष्ट्रमा रुसी राजदूत वेसिली नेबेंजियाका अनुसार कूटनीति नै यो संकटको एकमात्र विकल्प हो ।

थप प्रतिबन्ध होइनः

उनले भनिन्, ‘सबैभन्दा पहिले त हामीलाई लाग्छ कि धम्की, परिक्षण, मिसाइल लञ्च र एक अर्कालाई धम्की दिनेलगायतका क्रियाकलाप बन्द हुनुपर्छ ।

हामी निष्कर्षमा पुर्याउने किसिमको कुराकानीमा समावेश हुनुपर्छ । मलाई लाग्छ कि सबैलाई यसबारे राम्रोसँग थाहा छ कि अन्त्यमा यसको अन्य कुनै विकल्प छैन ।’

बैठक अघि अमेरिका, चीन र रुसबिच यो मुद्दामा त्यतिबेला विवाद पैदा भएको थियो जब अमेरिकाले यसको सबै दोष रुस र चीनमाथि थोपरेको थियो ।

अमेरिकाले उत्तर कोरियालाई सम्झाउने पूरा जिम्मेवारी उनको सहयोगी चीनमाथि भएको बताएका थिए ।

परिषदले उत्तर कोरियामाथि लागेको प्रतिबन्धलाई थप कडा बनाउने निर्णय गरेको छ । तर ताजा बयानमा र प्रतिबन्धको कुरा गरिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement