संगालोखबर संवाददाता

सिरहा, २१ भदौ। स्थानीय चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

Advertisement

सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा. सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । दुबैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भएपनि सिरहा नगरको हुन सकेन ।

सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । बुधबार विहान भएको छलफलमा डा. सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो । तर, डा. सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै सभासदमाथि जाइलागे ।

‘सहमति भइसकेको थियो । तर, सुभाषचन्द्रको समूह कोठाभित्रै आएर मलाई एक्कासी कुटपिट गरे’ सभासद यादवले भने ।

लगतै सुभाषचन्द्र र उपेन्द्रको समूहबीच झडप भएको छ । त्यसक्रममा रडका साथै खुकुरी हानाहान भएको छ । झडपका क्रममा क्षेत्रीय सभापतिसहित १० जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement