संगालोखबर संवाददाता

धनकुटा, ३२ साउन । नेपाल खेलकुद पत्रकार महासंघले चर्चित खेलाडीको रुपमा प्रदान गर्ने पल्सर अवार्डका लागि धनकुटाका खेलाडी सुजल श्रेष्ठलाई ‘भोटिङ’ गरेर जिताउन परिवार तथा समर्थकले आग्रह गरेका छन ।

हरेक वर्ष प्रदान गरिने उक्त अवार्डका लागि यस वर्ष चर्चित खेलाडीका रुपमा सुजल श्रेष्ठ ५ जनामा छनौट भएका छन ।

Advertisement

खेलाडी श्रेष्ठको परिवार तथा समर्थकहरुले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी सुजलका लागि म्यासेज र फेसवुक लाईक मार्फत सहयोग गरी जिताउँन आग्रह गरेका हुन ।

खेलाडी श्रेष्ठका वुवा राजु श्रेष्ठका अनुसार सुजललाई ‘भोट’ गर्न मोवाईलको म्यासेज बक्समा PULSAR <space> SS लेखेर ३३१३१ मा एसएमएस पठाउँनुपर्नेछ । त्यस्तै THT live नामको फेसवुक पेजमा गएर सुजलको फोटोमा लाईक गर्न पनि आग्रह गरिएको छ ।

धनकुटा–७ हुलाकटोल घर भएका सुजल फुटबलको राष्ट्रिय खेलाडी हुन । १४ वर्ष देखी खेलकुद क्षेत्रमा प्रवेश गरेका उनले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका पुरस्कार प्राप्त गर्न सफल भएका छन ।

केही महिना अघि मलेशीयामा सम्पन्न अन्तर महादेशीय फुटबल प्रतियोगीताको फाइनलमा सुजलको एक मात्र गोलले नेपाललाई ऐतिहासिक जित दिलाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement