संगालोखबर संवाददाता

पर्सा।  मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ ।

Advertisement

मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगंजबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगंजबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टरबाट ढुवानी गरी पर्सा, रौतहट र सर्लाही जिल्लाका बाढीपीडितसम्म पु¥याएको हो ।

एक सातादेखि ढुवानको समस्या खेपिरहेकामध्ये तराईका बाढिपीडितलाई राहत सामग्री चाडो भन्दा चाडो उपलब्ध गराउने सरकारको निर्देशनअनुसार वीरगंजलाई आधार बनाइ संकलित राहत तथा उद्धार सामग्रीलाई प्रभावित क्षेत्रसम्म पु¥याउन तीनवटा हेलिकप्टरको प्रयोग गरिएको छ ।

बाढीपीडितकालागि वीरगंजबाट संकलित दाल, चामल, खानेपानी, चिउरा, चाउचाउ, दालमोठ, भुजिया, पाल र खाना पकाउने भाँडा गरी नौ हजार किलो सामग्री बाढी प्रभावित क्षेत्रमा पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।

उहाँले वीरगंजको बरख गणमा रहेको हेलिप्याडबाट बुधबार राहत सामग्री राखी तीन वटा हेलिकप्टरले नौ पटक उडान भरेको बताउनुभयो ।

ती राहत सामग्री पर्साको ठोरी, रौतहटको समानपुर, मौलापुर र सर्लाहीको खैराहवा र छनौटामा पु¥याइएको छ ।

दैवी प्रकोप उद्धार समितिले वीरगञ्जबाट २५ हजार किलो राहत सामाग्री संकलन गरेकामा नौं हजार किलो सामग्री पु¥याए पनि बाँकिरहेका १६ हजार किलोराहत सामग्री आज बिहानैबाट आवश्यक स्थानमा पु¥याइने सहायक प्रजिअ पौडेलले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement