रबिन कटेल

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित अन्नपूर्ण केबलकारमा विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको छ । अन्नपूर्ण केबलकार प्रा.लि.सँग सम्झौता गरेर बैंकले छुटको व्यवस्था मिलाएको हो ।

Advertisement

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट गर्दा १० प्रतिशत छुट पाउँनेछन् । सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेल र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने कुमारी बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement