रबिन कटेल

धनकुटा । धनकुटा नगरपालिका–१ स्थित निगालेमा बस र मोटरसाइकल जुध्दा एक जना घाइते भएका भएका छन् ।

Advertisement

दिउँसो करिव २ बजे धरानबाट खाँदबारीतर्फ जाँदै गरेको को १ ख ३२४२ नंम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को ३८ प ५९३० नंम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पाख्रीवास नगरपालिका–४ का ३० बर्षीय प्रेम थापा घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । बस र बस चालक छथर जोरपाटी गाउँपालिका–५ का ३६ बर्षीय यगेन्द्र बहादुर लिम्बुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement