रबिन कटेल
फाइल तस्वीर

काठमाडौँ । सरकारले बर्खा याममा नयाँ सडक खन्न रोक लगाएको छ । सडक विभागले बुधबार सूचना जारी गरेर १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । योसँगै अब आगामी तीन महिना सडक खन्न स्वीकृति दिइनेछैन ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले यस कार्यालय अन्तर्गतका सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ सूचनामा भनिएको छ ।

Advertisement

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement