संगालोखबर संवाददाता

युएई । प्रवासमा अलपत्र परेका नेपालीहरुको उद्धार र सहयोगका लागि शुक्रवार युएईमा तिज बिशेष साँस्कृतिक कार्यक्रम गरिने भएको छ । प्रवासी नेपाली मञ्च आवुधावी राज्य कमिटीले युएईको राजधानी आवुधावीको फल्क थिएटर बसपार्कमा कार्यक्रम आयोजना गरेको हो ।

प्रवासमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरुलाई घर फर्काउँनका लागि आर्थिक सहयोग जुटाउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी सचिब प्रविण पोख्रेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार बिगतमा पनि प्रवासी नेपाली मञ्चले अपलत्र परेका धेरै प्रवासी नेपालीहरूलाई आर्थिक सहयोग गरी नेपाल फर्काएको छ ।

Advertisement
यूएई पुगेका गायक बद्री पंगेनी र प्रिया भण्डारी ।

यसपटक पनि अलपत्र परेका महिलाहरुलाई सामुहिक रूपमा नेपाल फर्काउँनका लागि सहयोग जुटाउँन कार्यक्रम आयोजना गरिएको हो ।   साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक बद्री पंगेनी र प्रिया भण्डारी अवुधवि पुगेका छन ।

उनीहरुलाई लिनका लागि निमित्त प्रवासी नेपाली मञ्चका राष्ट्रीय कमिटी अध्यक्ष स्याम कंडेल र महासचिब भेषराज ढकाल युएई स्थित दुबई बिमानस्थल पुगेका थिए ।

साँस्कृतिक कार्यक्रममा गायक पंगेनी र भण्डारीका साथमा प्रवासी नेपाली कलाकारहरूको पनि प्रस्तुती रहने बताईएको छ ।

साँस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक एवं प्रवासी नेपाली मञ्च अबुधबि राज्य कमिटीका अध्यक्ष पुस्कर सर्माले जानकारी दिए । युएईका लागी कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन पनि साँस्कृतिक कार्यक्रममा सहभागि हुँदैछन ।

आफ्नो मातहतका कमिटीहरूलाई युएईको ७ वटै राज्यमा परिचालन गरि कार्यक्रममा सम्पुर्ण प्रवासी नेपालीहरुलाई उपस्थिति गराउँन यातायातकोसमेत ब्यवस्था गरिएको प्रवासी नेपाली मञ्चले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement