रबिन कटेल
तस्बीरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा युनियन धनकुटाले विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति निदेश राई, कांग्रेस नेताहरु मनोहर नारायण श्रेष्ठ, विजय सन्तोषी राई, राजन पौडेल, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, महासंघका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग, प्रेस चौतारीका अध्यक्ष रविन कटेल लगायतले विरामीलाई फलफुल वितरण गरे ।

Advertisement

जिल्ला अस्पतालमा भएका करिब दुई दर्जन विरामीहरुलाई फलफुल वितरण गरिएको युनियनका अध्यक्ष चेम्जोङ्गले जानकारी दिइन् । फलफुल वितरणपछि पत्रकार महासंघको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement