संगालोखबर संवाददाता

गत वर्ष केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एटीएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो । पटक–पटक पक्राउ गरेपछि एटीएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटीएममार्फत पैसा चोर्ने देशका रुपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो ।

Advertisement

तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटीएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन् । सी आईबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । पछिल्ला २ वर्षमा १७ विदेशी पक्राउ परेका छन् । बैंकहरुले सुरक्षामा लगानी गर्न हिच्किचाउँदा एटीएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा फेजआउट भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलनमा छ ।

सुरक्षाका कारण विश्वभरि यूएमभी चिप प्रविधिको कार्डहरु प्रयोग भइरहेका छन् । तर, नेपालमा अझै यो प्रविधि भित्रिन सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ । गल्फ यक्टले लेखेको छ ।

कसरि अपनाने सावधानी ?

१. एटीएम कार्डको पासवर्ड समय समयमा बदल्नुहोस् ।
२. गोप्य नम्बर (पासवर्ड वा पिन नम्बर) कहिल्यै लेखेर नराख्नुहोस् । कुनै कागजातमा लेखेर राख्ने वा इलेक्ट्रोनिक डिभाइसमा सेभ गरेर राख्ने बानी छ भने आजै यस्तो बानी त्याग्नुहोस् ।
३. सहजै अनुमान गर्न सक्ने गोप्य नम्बर नराख्नुहोस् । जस्तैः १२३४, २४६८, फोन नम्बर इत्यादि ।
४. जुन बैङ्कको कार्ड चलाइरहनुु भएको छ, त्यस बैङ्कको हटलाइन वा सम्पर्क नम्बर याद गर्नुहोस् । कार्ड हराएमा तत्काल सम्पर्क गर्न र कार्डबाट हुने कारोबार बन्द गर्न सहज हुन्छ ।
५. प्रत्येक कारोबारपछि क्यान्सल वटन थिच्न नबिर्सनुहोस् ।
६. बैङ्कबाट मोबाइल एसएमएस सेवा लिनुहोस् । यो सुविधाले तपाईंलाई हरेक कारोबारको जानकारी मोबाइलमा एसएमएसमार्फत दिन्छ ।
७. बत्ती नभएको स्थान र सुरक्षाका हिसाबले जोखिम लागेमा एटीएमबाट कारोबार नगर्नुहोस् ।
८. एटीएमको गोप्य नम्बर सकभर कसैलाई नदिनुहोस् ।
९. गोप्य नम्बर डायल गर्दा हातले छेकेर गर्नुपर्छ । एटीएम प्रयोग गर्दा लाइनमा बसेको अर्को व्यक्तिले तपार्इंको पिन नम्बर, तपाईंले निकालेको रकम देख्ने भएकाले सावधानी अपनाउनुहोस् । एटीएम बुथमा प्रवेश गरेपछि गोप्य नम्बर थिच्दा एटीएम मेसिनको किबोर्डलाइ छोपिने गरी उभिनुहोस् ।
१०. कारोबार गरेपछि तपाईंको एटीएम कार्ड, नगद र रसिद सुरक्षित राख्नुहोस् ।
११. एटीएमबाट कारोबार गर्दा कार्ड अड्किएमा नचिनेका व्यक्तिबाट सहयोग नलिनुहोस्, सम्बन्धित बैङ्कलाई तत्काल खबर गर्नुहोस् ।
१२. एटीएम कार्ड घुसाउने ठाउँमा समेत उपकरण जडान गरी पिन नम्बर चोरी गर्ने हुँदा एटीएमबाट रकम निकाल्दा कार्ड घुसाउने ठाउँमा कुनै उपकरण जडान भए÷नभएको यकिन गरेर मात्र कार्ड प्रयोग गर्नुहोस् ।
१३. स्किमिङ तथा पिन नम्बर चोरीबाट बच्नका लागि एटीएमबाट पैसा निकालिसके पछि कम्तीमा एक महिनाको रसिद सुरक्षित राख्ने गर्नुहोस् ।
१४. कहीँ कतै एटीएमको ढोकामा कार्ड स्वाइप गर्ने यन्त्र राखिएको छ भने भरसक आफ्नो पिन नम्बर नदिनुहोस् ।
१५. कहिल्यै पनि एकैपटक दुई जना एटीएम काउन्टरमा नपस्नुहोस् ।

साभार श्राेतः न्यूज२४बाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement