संगालोखबर संवाददाता

दार्जीलिङ, ९ कार्तिक । छुट्टै गोर्खाल्याण्ड माग गर्दै तीन महिना भन्दा लामो समयदेखि दार्जीलिङ पहाडमा आन्दोलन जारी रहेका बेला आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का एक जना नेताको मृत्यु भएको छ।

Advertisement

कालिङपोङका काउन्सिलर समेत रहेका मोर्चा नेता बरुण बुझेलको बुधवार कालेकताको एक अस्पतालमा निधन भएको हो। जुन देखि प्रहरीको नियन्त्रणमा रहेका ४० बर्षीय भुजेल क्रोनिक लिभर र पैन्क्रीअटाइटिस पिडित रहेको चिकित्सहरुले जनाएका छन्।

भुजेलको मृत्यु भएको खबर फैलिए पछि कालिङपोङ क्षेत्रको व्यवसाय बन्द भएको छ। मोर्चाका प्रमुख बिमल गुरुङले भुजेलको निधन प्रहरी यातनाका कारण भएको आरोप लगाएका छन्।

भुजेलको निधन भए पछि एक अडियो सन्देश जारी गर्दै गुरुङले गोर्खा युवा मोर्चा लगायतलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। मोर्चाले आज एक दिने हडतालको समेत घोषणा गरेका छन्।

नेपालबाट आएका मान्छेले आन्दोलन चर्काए
यसैबीच दार्जीलिङ पहाडमा आन्दोलन चर्किनुमा नेपालबाट आएका मानिस जिम्मेवार भएको नेपालको सिमावर्ती पश्चिम बंगाल राज्य सरकारले आरोप लगाएको छ।

बंगाल राज्य सरकारले नेपाली भाषी बाहुल्य क्षेत्र दार्जीलिङ लगाएतका राज्यभरीका स्कुलमा बंगाली भाषालाई अनिवार्य बनाए पछि चर्केको आन्दोलन १०४ दिनसम्म पनि जारी छ।

त्यहाँको राज्य सरकारले धेरै बर्षदेखि थाति रहेको नागरिकता पुनः उचालेको छ भने एक प्रमुख समाजिक अभियनता समुह ‘जन चेतना’ले यसलाई कोलकता उच्च अदालतमा समेत प्रवेश गराएको छ।

जनचेतना समुहका अध्यक्ष डा. डीपी करले दार्जीलिङ आन्दोलनमा सहभागि मध्य कति भारतीय नागरिक थिए ? भन्ने प्रश्न उठाएका छन् । ‘छुट्टै राज्यको मागलाई दार्जीलिङका नेपाली भाषी भारतीय समुदायको स्वशासनका लागि भनिएको छ’, उनले प्रश्न गरेका छन,‘ तर पहिले आन्दोलनमा सहभागि मध्य कति भारतीय आधिकारिक नागरिक हुन भन्ने निर्धारण गर्नुपर्छ ।’

लामो समयको बन्द/हडताल र हिंसात्मक झडपका कारण धेरै नागरिक र प्रहरीको ज्यान समेत गैसकेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement