संगालोखबर संवाददाता

काठमाडौं,२४ असोज । सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले  तोकिएकै  मितिमा चुनाव हुनुपर्नेमा जोड  दिएको छ ।

Advertisement

एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो ।  ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो ।

सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु  आचारसंहिता र कानून विपरितको काम हो ’  बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम राववले भने, ‘यो काम सरकारबाट नहोस् ।’

उनले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको बाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको  भन्दै  मिति दायाँबायाँ पार्ने कार्य नगर्न सरकारलाई चेतावनी दिए ।

बैठकले  बाम गठबन्धनबीच भएको  सहमतिअनुसार छिट्टै सिटहरुको बाँडफाँड गर्ने   निर्णय गरेको छ ।  यस्तै  असोज   २७ र २८ गते बस्ने स्थायी समिति बैठकले  एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम  टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै  बाम गठबन्धनको एकताका साथै अरु धु्रविकरणलाई निरन्तरता दिने,  चुनावी माहोल तताउन देश र प्रवासमा अभियान चलाउने निर्णय समेत बैठकले गरेको छ ।

 यसैबीच एमाले बैठकले नयाँ वानेश्वरमा सोमबार निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको प्रति दुःख व्यक्त गरेको छ ।  बैठकले तत्काल दोषीलाई कानुनी कठघरामा उभ्याई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement