संगालोखबर संवाददाता

एजेन्सी, असोज ६। स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन्। १२ दिनको आयुर्वेदिक उपचारपछि मुम्बई फर्किएका हुन्।

Advertisement

४० दिनको लागि बेंगलुरुमा भर्ना भएका उनी केही दिनपछि नै फर्किएपछि अब उनले आफ्नो फिल्म ‘फिरंगी’को शुटिङ पुरा गर्ने जनाइएको छ।

उनको लोकप्रिय शो द कपिल शर्मा शो पनि अब सुरु हुने जनाइएको छ। स्वास्थ्य अवस्था खराब भएपछि कपिलको काममा असर परेको थियो भने उनको शो को शुटिङमा बलिउड स्टारहरु फर्किन परेपछि कपिलको चर्चा बढेको थियो।

यसअघि कपिलको गर्लफ्रेण्ड गिन्नीसँग पनि ब्रेकअप हल्ला भएको खबर आएको थियो।

अब भने कपिलको समस्या केही घट्ने देखिएको छ। किनकी उनी स्वस्थ्य भएर अब तिब्र रुपमा काममा लाग्ने तयारीमा जुटेको बताइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement