संगालोखबर संवाददाता

काठमाडौं। प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिनसम्म २ नम्बर प्रदेशमा खटिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिवार रोल्पाको थवाङ जाने भएका छन् ।

Advertisement

२ नम्बरप्रदेशको मौन अवधिको समयमा प्रचण्ड माओवादी जनयुद्धको उद्गम थलो थवाङ जाने भएका हुन् । थवाङ गाउँसभाको उद्घाटन गर्न शनिवार थवाङ जाने भएका प्रचण्ड शुक्रबार दुई नम्बर प्रदेश छाडेका छन् ।

स्थानीय तहको अन्तिम चरणको चुनाव प्रचारको अन्तिम दिन शुक्रबार प्रचण्डले पर्साको वीरगञ्ज र सर्लाहीको लालबन्दीमा आयोजित पार्टीको चुनावी सभामा सम्बोधन गनुृका साथै मतदाता तथा कार्यकर्ता भेटघाटमा ब्यस्त रहेका थिए ।

प्रचण्ड लामो समय २ नम्बर प्रदेशमा मतदाताको घरघर पुगेर पार्टीलाई एक नम्बर बनाउने प्रयासमा लागेका थिए ।

शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीपनि २ नम्बर प्रदेशको चुनावी अभियानमा थिए ।

प्रचण्ड पर्सा र सर्लाहीमा रहँदा देउवा वीरगञ्जको कांग्रेसको चुनावी सभामा सम्बोधन गर्दै थिए भने एमाले अध्यक्ष ओलीले जितपुर सिमरा र चन्द्रनिगाहपुरको पार्टीको चुनावी सभामा भाग लिएका थिए ।-राटोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement