संगालोखबर संवाददाता

पर्सा। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एमाले र मधेसी दलले मधेसमा  खतरनाक खेल  खेलिरहेको आरोप लगाउँदै त्यसविरुद्ध कांग्रेस लागिपर्ने बताएका छन् ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नं १० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  कोइरालाले भने, ‘ एमाले तथा मधेश केन्द्रित दलहरु मधेसमा द्वन्द निम्त्याएर आफ्नो दुलो सोझ्याउन खोजिरहेका छन्।  मधेशी दलहरु तथा माओवादीहरु नेपाली काग्रेसको पुच्छर समाएर मात्र बैतरणी पार गर्न सक्छन् , एक्लै पारगर्ने हैसियत छैन।’

उनले मधेशका पहिचान, पहुच र प्रतिनिधित्व नेपाली काग्रेसले मात्र दिन सक्ने समेत दाबी गरे ।

महामन्त्री डा. कोइरालाले मधेशी दलका नेताहरु सोझा जनतालाई आन्दोलनमा होमेर आफुहरु काठमाण्डौमा बसेको आरोप समेत लगाए ।

नेपालको राजनीतिक निकास र पूर्वाधार तथा आर्थिक विकास लोकतन्त्रमा मात्र संभव भएको र नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलले  लोकतन्त्र र लोकतान्त्रिक प्रक्रिया जोगाउन नसक्ने दाबी गर्दै नेपाली काग्रेसलाई जिताउन आग्रह समेत गरे ।

कार्यक्रमा  नेपाली काग्रेसको तर्फबाट बीरगंज महानगरपालिकाका उम्मेदवार अजयकुमार द्विवेदीले काग्रेसले चुनावमा कम्मर कसेर लागेपछि सबै जना पछि हट्न थालेको दावी गरे । -रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement