संगालोखबर संवाददाता

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

Advertisement

उक्त दुर्घटना कोलकातामा भएको हो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए ।

२८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो । दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ ।

मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्थलमा बाँसको घारी थियो ।

लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो तर सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारमार्फत उनलाई करेन्ट लागेको थियो । शाह बेहोस भएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई साल्टलेकस्थित ओइयो निजी अस्पतालमा रिफर गरियो जहाँ उनलाई मृत घोषित गरियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement