- देवकला कार्की/संगालोखबर

धनकुटा, २६ माघ । धनकुटा नगरपालिका-९ वेलहारामा ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाको सहयोग तथा वडा ९ नम्वर कार्यालयको आयोजनामा वडामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडामा रहेका ८० वर्ष भन्दा माथिका ३९ जना र अति विपन्न ७० वर्ष भन्दा माथिका ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष सन्दिप रायामाझीले बताए ।

Advertisement

ज्येष्ठ नागरिक प्रति आफु सदैव जिम्मेवार हुने भएकाले वडामा निर्वाचित भएर आएसँगै जेष्ठ नागरिकको विवरण संकलन कार्य सुरु गरिएको रायामाझीले जानकारी दिए ।

वडा भरिका जेष्ठ नागरिकलाई एकै ठाउँमा भेला गरेर सम्मान गर्न पाएकोमा आफुलाई खुसी लागेको र यसरी यो कार्यक्रम जिल्लामा नै पहिलो भएको वडा अध्यक्ष रायमाझीको दावी छ ।

सम्मानित जेष्ठ नागरिकहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,उपप्रमुख शकुन्तला वस्नेत,विश्रान्ति वृद्धाश्रम सञ्चालक समितिका महासचिव जनार्दन घिमिरे,राष्ट्रिय अभिभावक सघंका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ,नेकपा एमालेका प्रतिनिधि सुवर्ण कार्की,नेपाली काग्रेसका प्रतिनिधि रंगलाल रोईला,वडा अध्यक्ष सन्दिप रायमाझि,वडा सदस्यहरु पुर्णवहादुर श्रेष्ठ,सन्तोष मगर,सुमित्रा राई,शान्तिला हिङ्गमाङ्ग लगायतले सम्मान सहित ब्लाङ्गकेट वितरण गरे ।

धनकुटा नगरपालिका ९ नं.वडाको तर्फबाट जेष्ठ नागरिकलाई सम्मान गरिदै । तस्वीर: देवकला कार्की/संगालोखबर

कार्यक्रममा अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तामाङ्गले जेष्ठ नागरिक ज्ञान, सिप र अनुभवका खानी भएकाले ज्येष्ठ नागरिकमा भएको ज्ञान,सिप र अनुभव अहिलेका पुस्ताले लिन आवश्यक रहेको बताए । उनले जन्म दिने वावु आमालाई वृद्ध अवस्थामा उचित स्याहारसुसार र रेखदेख गर्नु हरेक छोराछोरीको कर्तव्य रहेको बताए।

कार्यक्रममा धनकुटा नगरपालिकाका उप-प्रमुख शकुन्तला वस्नेत,विश्रान्ति वृद्धाश्रम सञ्चालक समितिका महासचिव जनार्दन घिमिरे,राष्ट्रिय अभिभावक सघंका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ,नेपाली काग्रेसका प्रतिनिधि रंगलाल रोईला लगायतले बोलेका थिए ।

सम्मानित जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्मान पाउदाँ आफुहरुलाई धेरै खुसी लागेको वताएका छन् । उनीले अहिलेसम्म आफुहरुले यस्तो सम्मान नपाएको भन्दै आफ्ना सहपाठीलाई भेट्न पाउँदा हर्षित भएको बताए ।

९४ बर्षिय मदनबहादुर खत्रीले यो उमेरमा सम्मान पाएकोमा आफु धेरै खुसी भएको जानकारी दिए । उनले आफु जस्तै धेरै जनालाई एकै ठाउँमा भेला गराएर धेरै वर्ष सम्म भेट नभएका सहपाठीसँग भेट्ने मौका समेत मिलेको बताए ।

वडा अध्यक्ष सन्दिप रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव मातृका तिवारीले राखेका थिए । सञ्चालन सामाजिक परिचालक टंक रोईलाले गरेका थिए ।

थप तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: देवकला कार्की/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!